फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

२० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवी शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन् ।

शाहीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको ब्यूरोले जनाएको छ । शाहीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!