हिपमत डटकम

बुधबार, माघ ०७, २०७७ || 746  पटक पढिएको

झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तिन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार सहित स्थानीय २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई मंगलवार राती साँढे ८ बजे पक्राउ गरेको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ बाट कमल गाउँपालिका-५ का २५ बर्षीय प्रकाश फुयाल लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागु औषध सहित मंगलवार साँझ साँढे ६ बजे पक्राउ परेका हुन् ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!