हिपमत डटकम
जनकपुर,१३ माघ: धनुषाका उमेश यादव वैदेशिक रोजगारीका लागि साउदी अरेबिया उड्दा कान्छो छोरा हितेश भर्खर १८ दिनका थिए । जेठा छोरा कमलेश पनि २ वर्ष मात्र भएका थिए । साउदी गएको एक महिना १२ दिनमा भएको एउटा ‘दुर्घटना’ले उनी जेलमा मात्र पुगेनन्, मृत्युदण्डको सजाय सुनाइयो ।साउदी अरबमा एक पाकिस्तानीको हत्याको आरोपमा मृत्यूदण्डको सजाय पाएका उमेश गृहनगरमा आएपछि उनको परिवारमा खुसियाली छाएको छ । केही अभियन्ता तथा नेपाली राजदुतावासको पहलमा मृत्युदण्डको सजायबाट जोगाउनका लागि ज्यानको साटो रकम दिएपछि बँच्न सफल भएका हुन् ।

अन्ततः १४ वर्षपछि उनले आफ्नो परिवारका सदस्यहरुसँग भेट पाए । यादवले १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेट्दा आफूलाई सम्हाल्न सकेन । जनकपुरस्थित जनकपुर विमानस्थलमा ओर्लिएका उमेश श्रीमती र परिवारजन देख्दा भावबिह्वल भएका थिए ।

श्रीमती सञ्जु यादव र छोराहरु भक्कानिएर रोए । १४ वर्षअघि वैदेशिक रोजगारीका लागि सन् २००६ मा साउदी अरब जाँदा उनको जेठो छोरो कमलेश ४ वर्षका थिए भने कान्छो छोरो मात्र १७ दिनका थिए ।

उमेशले विदेशमा राम्रै काम पनि गरे । तर उनी जेलमा परेको खबर सुने श्रीमती सन्जु यादव ससुरालीमा बस्नै छोडेका थिए । श्रीमती उमेशको घर धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित पर्साको घर त्यागेर सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ७ मरेवा माइती गई सकेकी थिइन् ।

छोरा सँगै माइती गएकी सन्जु ८ वर्षसम्म उतै बस्थिन् । उमेश जेलमा पर्दा सन्जुलाई छोराहरु पढाउन मजदुरी समेत गर्नु परेको थियो ।अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन् । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन् । हितेश सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन् ।

उमेश जाँदा विदेशमा पाकिस्तानी नागरिकको हत्या आरोपमा पक्राउ परेपछि मानिसहरुले उनकी श्रीमतीलाई उमेशलाई पनि मारिदियो भन्ने कुराहरु सुनाउन थालेका थिए । त्यसपछिको ६ वर्ष उमेश र सञ्जु बीच कुनै सम्पर्क नै हुन सकेको थिएन । त्यसपछि घरपरिवारले पनि आशा मारिसकेको थियो ।

त्यस यता उनीहरु बीच २ वर्षमा एक पटक बल्लतल्ल फोन हुन्थ्यो । उमेशलाई फाँसी दिने पहिलादेखि नै हल्ला थियो । साउदी अरबको जुबेल अदालतले फाँसी दिने कुरा सार्वजनिक भएपछि जनकपुरका अभियन्ता सरोज राईले पहलकदमी लिएको थियो ।

त्यसपछि उमेशलाई केही राहत भयो । उमेशकी सासू दुर्गीदेवीले छोरीलाई सहयोग गर्दै आएको बताइन् । उनले माइतमा समस्या भएपछि महेन्द्रनगरमा सर– सल्लाहमै पठाएका हुने भनिन् ।

उमेश यादव विरुद्ध सन् २०१८ मई १५ तारिक मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!