खबर ठुलो छ

हिपमत डटकम
अफगानिस्तान,१३ माघ:अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त हुन सकेको छैन ।विमानमा कति यात्रु रहेका थिए भन्नेबारे समाचार तयार पार्दासम्म जानकारी हुन सकेको छैन । ‘स्थानीय समयअनुसार दिउसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको थियो,’ प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।गजनी राज्यका गभर्नरका प्रवक्ता अरेफ नूरीले एएफपीसँग भने, ‘दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको छ भने स्थानीयले विमानको आगो निभाउने प्रयास गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरूमा देखिएको छ । हामीहरूले अहिलेसम्म विमान सैनिक हो वा यात्रुवाहक हो भन्नेबारेमा जानकारी हुनसकेको छैन ।’

स्थानीय प्रहरी प्रवक्तासमेतले घटनाको पुष्टि गर्दै विमानबारे थप विवरण प्राप्त नभएको जनाए । गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको लेखेका छन् भने उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ ।

इरिआना अफगान एअरलाइन्सका सबै विमानले सोमबारका उडानहरू सामान्य अवस्थामा सम्पन्न गरिसकेको छ, सरकारी विमान कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान खासगरी हेलिकोप्टरहरूको दवाबमा उडान भर्नुपर्ने बाध्यता र भौगोलिक विकटताका कारण दुर्घटनालाई सामान्य लिने गरिन्छ ।

अफगानिस्तानमा सन् २०१० मा पामिर एअरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो । विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया