अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार एसी मिलानले क्रोयशियाली स्टार मारियो म्यान्जुकिचलाई टोलीमा भित्र्याउने तय गरेको छ । समाचारअनुसार गत जुलाईमा आपसी सहमतिमा कतारी क्लब अल दुहाईसँगको सम्झौता रद्द गरेयता कुनै क्लबमा आबद्ध नरहेका ३४ वर्षीय म्यान्जुकिचसँग मिलानले ६ महिनाका लागि सम्झौता गर्न लागिरहेको छ ।

मिलानका भेट्रान स्ट्राइकर ज्लाटान इब्राहिमोभिक यो सम्झौतालाई लिएर उत्साहित देखिएका छन् । उनले एसी मिलानको टोलीमा म्यान्जुकिच आएको हेर्न आतुर रहेको बताए । आफ्नो टोलीमा अब दुई खतरनाक गोल स्कोरर रहने र यसबाट विपक्षी टोलीका डिफेन्डरहरु तर्सने उनले बताएका छन् । आफुसँगका अधिकांश समकालिन खेलाडीहरुले सन्यास लिइसक्दा पनि ३९ वर्षीय इब्राहिमोभिक अझै जोशमै छन् ।

उनले सोमबार दुई गोल गर्दा १० खेलाडीमा सिमित मिलानले क्याग्लीअरीलाई २–० ले हरायो । यससँगै इब्राहिमोभिकले यस सिजन ८ खेल खेलेर आफ्नो गोलसंख्या १२ पुु¥याएका छन् । इटालियन सिरिएमा यस सिजन १८ खेलबाट ४३ अंक जोड्दै मिलान शीर्ष स्थानमा छ । दोस्रो स्थानको इन्टर मिलान ३ अंकले पछि छ ।

युभेन्टस्का पूर्वस्टार म्यान्जुकिचलाई क्लबमा भित्र्याएपछि मिलान अझै बलियो बन्ने समर्थकहरुको आँकलन छ । फ्रेन्च मिडफिल्डर सोउअलिहो मेइतेलाई पनि क्लबले भित्र्याउने तयारी गरेको छ । ‘म निकै खुसी छु,’ इब्राहिमोभिकले भनेका छन्,‘अब विपक्षीलाई तर्साउन हामी दुई हुनेछौं । हामीले राम्रो गरिरहेका छौं । हामी लिगको मध्यतिर छौं र अब खेलहरु थप कठिन हुँदैछन् ।’

मिलानका प्रशिक्षक स्टेफानो पिओलीले पनि दुुई भेट्रान स्ट्राइकरहरुलाई एकसाथ खेलाउन आफु उत्सुक रहेको बताएका छन् । २०१५ देखि २०१९ सम्म युभेन्टस्मा रहेका म्यान्जुकिचले गत सिजन कतारी क्लब अल दुहाईबाट खेलेका थिए । तर, ५ जुलाई २०२० मा उनले यस क्लबसँग आपसी सहमतिमा सम्झौता रद्द गरे । त्यसयता, टर्किस क्लब फेनरवाच, इटलीका इन्टर मिलान, फियोरेन्टिना र एसी मिलानले यी खेलाडीलाई भित्र्याउन चासो दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!