आइतबार, मंसिर ०१, २०७६ || 2224  पटक पढिएको

पर्यटकलाइ लक्षित गरेर दमकमा आकर्षक ‘पाहुना घर 

विष्णुप्रसाद पोखरेल

दमक झाापा  । पर्यटन बर्ष सन् २०२० लाइ लक्षित गरेर झापाको दमकमा नयाँ सुविधा सम्पन्न आकर्षक होटलहरु खुल्ने क्रम बढेको छ । करोडभन्दा माथिका लगानीमा होटलहरु खुल्ने क्रम दिनप्रतिदिन बढ्दै गएको बताईएको छ ।

७ बर्ष अघिदेखि दमकमा होटल तथा लजको ब्यवसायमा संलग्न रहनु भएका होटल ब्यवसायी कुमार गौतमले परम्परागत घरलाइ नयाँ रुप दिएर ‘पाहुना घर’ सञ्चालनमा ल्याउनु भएको छ ।

युरोपका बिभिन्न देश घुमेर आँउदा त्यहाँ देखे अनुसारको होटल तथा लजमा सुविधा दिन ‘एच.के. फुड एण्ड बार’ संगै पाहुना घर सञ्चालन गर्ने सोच आएको उहाँले बताउनु भयो ।

बाहिरबाट झट्ट हेर्दा परम्परागत घर र त्यो भित्र बस्नका लागि भने सुविधा सम्पन्न कोठाहरु बनाईएको उहाँले जनाउनु भयो । स्वदेशी तथा विदेशी पर्यटक आँउदा परिवार मैत्री वातवरण सहित उहाँहरुले चाहे अनुसारको खानेकुरा उपलब्ध गराउदै बाँस बस्ने ब्यवस्था समेत मिलाएको छु, गौतमले भन्नुभयो ।
गाँउले परिवेसका खानेकुरा खाएर पर्यटकहरुले स्टार होटलमा बसेको अनुभुत गराउने मेरो प्रयास रहेको छ, उहाँले भन्नुभयो । यहाँ सकेसम्म अग्र्यानिक र आफै उत्पादन गरेर ल्याईएका सामाग्रि ख्वाउने पनि उदेश्य रहेको गौतम बताउछन् । कालो कुखुरा, टर्कि गौतम आफैले पालेकाछन् ।
होटल कामक्षसंगै नजिकै चार कोठाका परम्परागत सुविधा सम्पन्न परम्परागत पाहुना घर तयार भएको र अब पर्यटक आएर बस्न सक्ने अवस्थामा पुर्याईएको पनि उहाँको भनाइ छ । पुराना काठका घरहरु लोप हुँदै गएको अवस्थामा बर्षौ अघि बनेको काठको घरलाइ नै पाहुना घरमा परिणत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!