बलिउडमा आफ्नो स्थान बनाउनु जति मुश्किल छ, त्यति नै मुश्किल दोस्ती गर्नु पनि हो । धेरैजसो नयाँ र पुराना कलाकारको नाम अर्को कलाकारसँग प्रतिस्पर्धीको रुपमा जोडिने गर्छ जसका कारण कलाकारबीच घृणाको भावना विकसित हुन्छ । कहिलेकाँही नीजि कारणले पनि उनीहरुबीच यस्तो भावना पैदा हुने गर्छ । बलिउडमा एकअर्कालाई आफ्ना प्रतिस्पर्धीको रुपमा हेर्नु र सम्बन्धका कारण एक अर्कालाई मन नपराउनु निकै लामो समय अघिदेखि हुँदै आएको छ । आज हामी यस्ता नायिकाबारे कुरा गर्दैं छौं जो एक–अर्काका ‘दुश्मन’ भइसकेका छन् ।

माधुरी दिक्षित र जुही चावलाः

यी दुई ९० को दशकका सबैभन्दा सफल नायिकामध्ये एक थिए र दुबै एक अर्कालाई हेर्न र आफ्नो अगाडि नामसमेत सुन्न रुचाउँदैनथे । वर्षौं पछि जब फिल्म गुलाब ग्याङ्गका लागि दुबैलाई कास् गरियो तब मात्रै उनीहरु बीच दोस्ती भएको थियो । करण जोहरको च्याट शो कफी विद करणमा माधुरी र जुहीले यसबारे कुरा गरेका थिए । तब जुहीले भनेकी थिइन्, ‘हामी एक अर्कालाई फिटिक्कै मन पराउँदैनथ्यौं र एक अर्कालाई आफ्ना प्रतिस्पर्धी ठान्थ्यौं । तर अहिले लाग्छ कि हामी त्यतिबेला बुद्धु थियौं, हामीले पहिला सँगै काम पनि गरेनौं ।’

दीपिका पादुकोण र कट्रिना कैफः

दुबै बलिउडका सबैभन्दा सफल नायिकामा गनिन्छन् । एक समय यस्तो थियो जब दुबैले एक अर्कालाई घृणा गर्दथे र यसका कारण थिए रणबीर कपुर । दीपिका र रणबीरको सम्बन्ध टुट्नुको पछाडि कट्रिना कैफ थिइन् भन्ने खबरसमेत प्रकाशित हुने गर्दथ्यो । यद्यपि, वर्षौंपछि कट्रिना र दीपिकाको दोस्ती भइसकेको छ । यी दुईले आफ्नो झगडा सुल्झाइसकेका छन् । अब कट्रिनाको रणबीर कपुरसँग पनि राम्रै दोस्ती छ ।

जया प्रदा र श्रीदेवीः

जया प्रदाले कपिल शर्माको च्याट शोमा आफूले श्रीदेवीसँग थुप्रै फिल्ममा अभिनय गरेपनि आफूहरु कहिले पनि अफस्क्रिनमा सँगै नबसेको बताएकी थिइन् । जयाले भनिन्, ‘हामी आ–आफ्नो सटपछि सेटका भिन्न भिन्न कुनामा बस्ने गर्दथ्यौं । हामी दुबै राम्रा डान्सर थियौं त्यसैले हामी एक अर्कालाई आफ्नो प्रतिस्पर्धी ठान्थ्यौं । यद्यपि, अब जब श्रीदेवी यो दुनियाँमा छैनन् म उनलाई मिस गर्छु ।’

दीपिका पादुकोण, अनुष्का शर्माः

यी दुई नायिकाबीचको तिक्तताका कारण रणवीर सिंह थिए । खबरका अनुसार रणवीर सिंहले कुनै अन्य नायिकाका लागि अनुष्का शर्मासँष्को सम्बन्ध खराब गरेका थिए र ती अन्य नायिका अरु कोही नभएर दीपिका पादुकोण थिइन् । हुन त यी दुई आ–आफ्नो जीवनमा अघि बढिसकेका छन् तर यी दुईबीच अहिले पनि खासै राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । यद्यपि, जब अनुष्का, दीपिका–रणवीरको रिसेप्सनमा गएकी थिइन् तब रणबीर सिंहले खुसी व्यक्त गरेका थिए ।

करिना कपुर खान र प्रियंका चोपडाः

यी दुई नायिकाबीच धेरै कुरा भएको छ जसका कारण उनीहरुबीच ‘दुश्मनी’ को स्थिती छ । करिनाले एकपटक प्रियंकाको एक्सेन्ट (बोल्ने शैली) को नक्कल गरेकी थिइन् । यस्तै एक पटक प्रियंकामाथि निशाना साँध्नै रानी मुखर्जीबाहेक अरु कसैलाई पनि राम्रो नमान्ने बताएकी थिइन् । दुबै बीच घृणा त्यतिबेला थप बढ्यो जब फिल्म ऐतराजमा प्रियंका चोपडालाई उनको कामका लागि तारिफ गरिएको थियो । यो फिल्ममा करिनाले महत्वपूर्ण भूमिका निभाएकी थिइन् तर उनका लागि खासै कसैले तारिफ गरेनन् । यी दुईबीच एक समय शाहिद कपुर पनि आएका थिए । यद्यपि, करण जोहरको शो कफी विद करणमा यी दुईलाई सँगै देखाइएको थियो । दुबैले सँगै निकै मस्ती पनि गरेका थिए । यसबाहेक प्रियंका आफ्नो बलिउड फिल्म द स्काई इज पिंकको प्रामोशनका लागि करिनाको शो नच बलिएमा पनि पुगेकी थिइन् । यसबाट स्पष्ट हुन्छ कि दुई नायिकाबीच दोस्ती भइसकेको छ ।

सोनम कपुर र ऐश्वर्या राय बच्चनः

यी दुईबीच त्यतिबेला तनावको सिलसिला सुरु भयो जब सोनम कपुरले ऐश्वर्या रायलाई आन्टी भनेर बोलाएकी थिइन् । ऐश्वर्यालाई यो कुरा साह्रै मन परेन, त्यतिबेला देखि नै दुईजनाबीच क्याट फाइट भएको थियो । हुन त सोनमले माफी मागेकी थिइन् तरपनि कहानी निकै अघि बढिसकेको थियो । त्यतिबेला दुबै लरियलका लागि कान्स फल्स फेस्टिबल जाने तयारीमा थिए र ऐश्वर्याले सोनमकसँग रेड कार्पेटमा वक गर्न अस्विकार गरेकी थिइन् । जसका कारण सोनम निकै रिसाएकी थिइन् । आज पनि यी दुईबीच खासै दोस्ती छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!