हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 679  पटक पढिएको

संसारमा धेरै त्यस्ता अनौठो कुरा छन्, जसलाई पहिलोपटक देख्दा यो नक्कली हो वा सक्कली भनेर छुट्टयाउनै गाह्रो हुन्छ । केही कुराहरु देख्दा यर्थाथ हो वा भ्रम भने खुुट्टयाउन गाह्रो पर्छ ।
भारतको तेलंगानामा आजकल एउटा कुकुर निकै चर्चामा छ ।

खासमा यो कुकुर बाघजस्तै देखिन्छ । त्यसैले यसलाई देख्नेहरु छक्क पर्ने गरेका छन् । केसलापुर गाउँको यो कुकुरको शरीरमा बाघका जस्तै धर्साहरु छन्, गाउँलेहरुका अनुसार सानैदेखि यस कुकुरको शरीरमा यी धर्साहरु छन् । त्यसैले यो कुकुरलाई बाघ संझिएर धेरैपटक मानिसहरु डराउने गरेका छन् । नजिकका मानिसहरु यस कुकुरलाई टाइगर डग भनेर बोलाउँछन् ।
खेतमा काम गर्दै गर्दाको अवस्थामा एक गाउँलेले यो कुकुर भेटेका थिए । त्यसपछि उनले घरमै ल्याएर यसको हेरचाह गर्न थाले ।

मानिसहरुमात्रै नभएर अन्य जनावरहरु पनि यस कुकुरलाई देखेपछि डराएर भाग्ने गरेका छन् । पशुपालन विभागका अनुसार ब्रिडिङ गरेर यस्तो प्रजातीको कुकुरको संख्या बढाउन सकिन्छ । मानिसहरुले पनि बाघजस्तै धर्साहरु भएका यस्ता कुकुरलाई पाल्नमा रुची देखाइरहेका छन् । त्यसैले यो कुकुर पुरै इलाकामा आर्कषणको केन्द्र बनेको छ । टाइगर डगलाई हेर्न अन्य गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!