खबर ठुलो छ


रबिन्द्र बराल
मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथान मा स्कुल बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै बिहानै ६ बजे डाइनिया बाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिलेण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार रतुवामाई ३ बस्ने वर्ष १७ की रेजिना घिमिरे, वर्ष १६ को शर्दा भट्टराई, वर्ष १६ मनिषा राजवंशी, वर्ष १६ को निसा ताजपुरिया र वर्ष १६ को बिसाल कुमार मण्डल घाइते भएका छन ।


घाइतेहरु लाई मकालु अस्पताल विराटनगर तर्फ उपचारको लागी पठाएको प्रहरीले जनाएको छ । बस चालक रतुवामाई नपा ६ बस्ने वर्ष ३१ को धर्मेन्द्र बर्मा ईलाका प्रहरी कार्यलय रंगेली काे नियन्त्रणमा रहेको अनमाेल खड्काले बताए । यता मेरिल्याण्डका निर्देशक भेषराज पोखरेल अनुसार ३ जना विद्यार्थी सामान्य घाइते रहेकाेे बताए ।

मंगलबार, माघ ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया