हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 546  पटक पढिएको

आर्थिक अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता कारवाहीमा परेका छन् । उनीहरूमाथि पार्टीको नीति विपरित अवैध ढङ्गले चन्दा उठाएको र रकम हिनामिना गरेको आरोप लागेको छ ।

सो पार्टीको डोल्पा जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै काइके गाउँपालिकाका समिर भनिने तोदेन बुढा र मुट्केचुला गाउँपालिकाका सागर शाहीले पार्टीका नाममा मनोमानी चन्दा असुलेर आर्थिक हिनामिना गरेकाले दुवैलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको जनाइएको छ । विज्ञप्तिमा दुवै जनालाई यथाशीघ्र पार्टीको सम्पर्कमा आएर आर्थिक हिसाब राफसाफ गर्न निर्देशन दिँदै अन्यथा थप कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

सशस्त्र विद्रोहबाटै सत्ता परिवर्तन गर्ने उद्घोषसहित भूमिगत भएको विप्लव समूहमा पटक–पटक आर्थिक अनियमितताका घटना सार्वजनिक भइरहेका छन् । केही समय पहिले मात्र सो पार्टीको माथिल्लो तहका एकजना नेताको नाम समेत आर्थिक हिनामिनामा जोडिएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!