हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 632  पटक पढिएको

अष्ट्रेलियामा जारी बिग बैश लिगमा होबर्ट हुरिकेन्सले लगातार तीन खेलमा हारपछि जित हात पारेको छ । लिगको ४३ औं खेलमा सिड्नी थन्डरलाई उसले छ विकेटले हराएको छ । दशमध्ये पाँच खेलमा मात्रै जित हात पारेर होबर्ट अङ्कतालिकामा पूछारभन्दा एक स्थान माथि रहेकोमा सिड्नीमाथि जितसँगै चौथो स्थानमा उक्लिएको छ ।

सिड्नीले प्रस्तुत गरेको १७८ रनको लक्ष्य होबर्टले खेल सकिन दुई ओभर बाँकी छँदै मात्र चार विकेटको क्षतिमा १८१ रन बनाएर पुरा गर्यो । औसत लक्ष्य पछ्याउने क्रममा १३ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको होबर्टका लागि बेन्न म्याकडरमेटले ९६ रनको विष्फोटक पारी खेल्दै टोलिलाई जित नजिक पुर्याउनुभयो ।

उहाँले मात्र ५६ बलमा आठ चौका र पाँच छक्काको सहयोग ९६ रन जोड्नुभयो । तेस्रो विकेटका लागि उहाँले देविड मलानसँग १०९ रनको साझेदारी गर्नुभयो । मलान ४२ रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान पिटर हयाण्ड्सकम्बले २१ र टिम देविडले सात रन बनाएर अविजित रहे ।

सिड्नीका लागि तनबीर साँघाले सर्वाधिक दुई तथा एडम मिल्ने र नाथन म्याकएन्ड्रयुले सामान एक एक विकेट लिए ।त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सिड्नी थन्डरले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७७ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा साम विलिंग्सले सर्वाधिक ५० रन बनाउनुभयो ।

क्यालम फरगुसनले २३ तथा एलेक्स हल्सले २९ रन बनाए । अर्का ओपनर उसमान खवाजाले २७ रन बनाउनुभयो ।होबर्टका लागि स्कट्ट बोलन्डले सर्वाधिक चार र नाथन एलिसले एक विकेट लिए । सन्दीप लामिछानेले चार ओभरमा २८ रन खर्चेपनि विकेटविहीन बन्न पुग्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!