हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 845  पटक पढिएको

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा समर्थन गरेका प्रदेश १ प्रदेश सभाका तीन जना प्रदेश सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् ।

झापाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद जसमाया गजमेर झापा १ का प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावमा गरेको समर्थन फिर्ता लिनु भएको हो ।

यस अघि मुख्यमन्त्री विरुद्धको अविश्वासको पक्षमा हस्ताक्षर गरेपछि प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट सांसद गजुमेरले राजीनाम दिनुभएको थियो भने प्रदेश सांसद बुढाथोकीले केपी शर्मा ओली नेतृत्वको नेकपा पार्टीको केन्द्रीय सदस्यको पद अस्वीकार गर्नुभएको थियो ।

उहाँहरु तीनै जनाले सोमबार नै प्रदेश सांसद सचिवालयलाई साझा पत्र लेख्दै यसअघि अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएको जनाउनुभएको छ । ‘हामी नेकपा भएर नेकपाकै सरकारको विरुद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न सक्दैनांै आजैका मितिबाट यो निर्णय फिर्ता लिने निर्णय गछौ’ सांसद सचिवालयमा लेखिएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!