गायिका नेहा कक्कडले सोसल मिडियामा एउटा रमाइलो भिडियो पोस्ट गरेकी छिन् । यसमा उनी श्रीमान् रोहनप्रित सिंहलाई धम्की दिइरहेको देखिएकी छिन् जसमा उनले श्रीमानलाई एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही नहुने बताएकी छिन् । यद्यपि, यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कड श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेको देखिएकी छिन् ।

भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि रोहनप्रित सिंह ‘एक्स–कलिङ’ गीतमा अभिनय गरिरहेका देखिएका छन् । त्यसपछि नेहा कक्कडले उनलाई धम्की दिँदै श्रीमानकी एक्सले अर्को व्यक्तिका लागि रोहनप्रितलाई धोका दिएको भन्दै एक्सलाई फोन नगर्न भनेकी छिन् । नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘एक्स कलिङ ? ठिक छ । गर तिमी फोन, त्यसपछि भन्नेछु… हाहाहा, रोहनप्रित सिंह, मलाई यो गीतसँग प्रेम छ ।’

https://www.instagram.com/p/CKIzbegD_Dj/

यसमा रोहनप्रित सिंहले कमेन्ट गर्दै लेख्छन्, ‘ओ, कोही छैन, कोही छैन, कोही छैन, नरिसाउ । तपाईंलाई यो गीतसँग प्रेम छ र मलाई तिमीसँग प्रेम छ ।’

स्मरण रहोस्, सन् २०२० अक्टोबरमा यी दुईले विवाह गरेका थिए । यी दुई आफ्नो म्युजिक भिडियो र सोसल मिडिया पोस्टका कारण बारम्बार चर्चामा छाइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!