हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 579  पटक पढिएको

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको उनले बताए । आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!