हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 838  पटक पढिएको

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश रोएका बेला प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको बताएका छन् ।
अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडांैमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंगो देश रोएका बेला ओली हाँसेर बसेको बताएका हुन् । ‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जानेबेलामा रुँदै हिँड्नुहुन्छ’, प्रचण्डको भनाइ छ । ‘देश वर्वाद भइरहेको छ । डढेलो लागेको छ । तर ओलीजी हाँसिरहनुभएको छ । नांगै भएर पनि हाँस्नुहुन्छ’, प्रचण्डले भने ।

शनिबार ओलीले आफूले जनतालाई हँसाउन खोज्दा प्रचण्ड–नेपाललाई पीर परेको भन्दै कटाक्ष गरेका थिए । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको उनले बताएपछि प्रचण्डले पनि ओलीलाई जबाफ फर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!