हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 624  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले आधिकारिक नेकपा प्रचण्ड–माधव पक्षले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेकपा भएको बताएका छन् ।
आइतबार प्रचण्ड–नेपाल निकट अनेरास्ववियुले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई नभएको पनि बताए । ‘सर्वोच्च अदालतमाथि हामीलाई विश्वास छ । यसले निष्पक्ष न्याय दिन्छ । केपी ओलीले जसरी हामी अदालतलाई दवाव दिँदैनौ’, उनले भने । सर्वोच्चमा संसद विघटनसम्बन्धी परेको रिटमा अदालतले निष्पक्ष न्याय दिने पनि उनले बताए ।

प्रधानमन्त्रीको कुर्सीमा बसेका ओलीले संविधान विपरित बोल्ने, निर्णय गर्ने अधिकार ओलीलाई नभएको नेता खनालले बताए । उनले केपी ओलीका कारण सिंगो देशका सामु ठुलो चुनौती खडा भएको भन्दै संसद विघटनको मुद्दालाई सर्वोच्चले संविधान हेरेरै निर्णय गर्नेमा आफूहरु ढुक्क रहेको बताए । उनले केपी ओलीलाई पार्टी फुटाउने अधिकार नभएको भन्दै पार्टी फुटाउने हो भने केन्द्रीय सदस्यमा ४० प्रतिशत संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था रहेकाले त्यसमा ओलीले त्यो प्रतिशत नै पुर्याउन नसक्ने जिकिर गरे ।

उनले ओलीले नेकपाको आधिकारिता आफूले पाउने भनेर गरिरहेको दावी सत्य नभएको बताए । ‘हाम्रो पक्षमा ७० प्रतिशत अर्थात ३१५ केन्द्रीय समिति सदस्य छन् । बहुमत भएको पार्टी नै आधिकारिक नेकपा हो’, खनालले भने,‘बालुवाटारमा केपी ओलीले गरेको बैठक मण्डले प्रवृत्ति भएकाहरुको गुटको बैठक हो ।’

उनले आफ्नो पक्षमा स्थायी, सचिवालय र केन्द्रीय कमिटिमामात्रै नभई देशभरका ७७ जिल्ला मध्ये ७० जिल्ला र सातै प्रदेशमा अत्याधिक बहुमत रहेको बताए । खनालले नेकपा फुटेको नभई ओली समुहले चोइट्याएको मात्रै बताए । ‘नेकपा फुटेको होइन, ओलीले चोइटाएका हुन् । रुखले, बासले बोक्रा र पट्यास फेर्छन् । बोक्रा वा पट्यास फेर्दैमा रुख ढल्दैन । नेकपा सतिशालजस्तो रुख हो । कसैले ढाल्न सक्दैन’, खनालको भनाइ छ । खनालले समाजवाद र समृृद्धिको लागि संसदको पुनःस्थपना भएकाले त्यसका लागि सवैले आआफ्नै स्थानबाट योगदान दिनुपर्ने र त्यसका लागि पार्टीले अघि सारेका कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्नुपर्ने भएकाले नेता कार्यकर्तालाई त्यसका लागि तयारी गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!