अफगान तालिबान प्रमुखले आफ्ना नेतालाई धेरै विवाह नगर्न अपिल गरेका छन् ।

पत्रिका दुनियाका अनुसार अफगान तालिबान प्रमुख मुल्ला हैबतुल्लाहले एक बयान जारी गरेर अफगान तालिबान नेतासँग कम विवाह गर्न अपिल गर्दै यसो गर्दा दुश्मनले आफूहरु विरुद्ध प्रोपोगान्डा गर्ने मौका पाउने बताएका छन् ।

बयानमा यदि कसैले दोस्रो विवाह गर्न चाहन्छन् भने ती व्यक्तिले अफगान तालिबान प्रमुखसँग लिखित अनुमति लिनुपर्ने बताइएको छ ।

धेरै विवाहका कारण तालिबान नेताले विवाहका लागि फन्डिङको माग अत्यधिक बढ्न थालेको बयानमा भनिएको छ ।

एकभन्दा बढी विवाहमा रोक त लगाइएको छैन तर तालिबान नेतृत्व र तालिबानका कमान्डरले धेरै विवाह नगर्दा यस्तो प्रकारको समस्याबाट बच्ने र दुश्मनले उनीहरुविरुद्ध प्रोपोगान्डाको मौका पनि नपाउने बयानमा उल्लेख गरिएको छ ।

धेरैजसो तालिबान नेताले एकभन्दा बढी विवाह गरेका छन् । अफगानका संस्थापक मुल्ला मोहम्मद उमर र उनी पछिका प्रमुख मुल्ला अख्तर मंसूरका तीन–तीन श्रीमती थिए ।

तालिबानका हालका प्रमुखका दुई श्रीमती छन् । दोहामा तालिबानका सबैभन्दा वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादरका तीन श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!