बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा एक ह्वाटसएप च्याटको स्क्रिनसट शेयर गरेका छन् । सर्वोच्च अदालतका वकिल प्रशान्त भूषणले पनि आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै पुलवामा हमलामा ४० जवान शहीद हुँदा अर्नबले त्यसको खुसियाली मनाएका थिए । अर्नबलाई बालाकोट स्ट्राइकको जानकारी पनि तीन दिन अघि नै मिलेको थियो । अर्नबलाई कश्मीरमा आर्टिकल ३७० हटाउनेबारेमा पनि पहिले नै जानकारी थियो ।

समाजिक सञ्जालमा सेयर गरिएको च्याटको स्क्रिनसट अर्नब र बार्कका पूर्वप्रमुख पार्थो दासगुप्ताबीच सन् २०१९ मा भएको हो । यसलाई मुम्बई प्रहरीको क्राइम ब्राञ्चसँग भएको ५ सय पृष्ठ लामो ह्वाटएप च्याटको हिस्सा भएको बताइएको छ ।

टीआरपी घोटालाको जाँच गरिरहेको मुम्बई क्राइम ब्रान्चले हालैमात्र ३६०० पानाको सप्लीमेन्टरी चार्जशीट मुम्बई हाइकोर्टमा बुझाएको छ । यसको पेज नम्बर १९९४ देखि २५०४ सम्म अर्नब र दासगुप्ताबीच भएको ह्वाटसएपको च्याटको बारेमा उल्लेख छ ।

प्रहरीले मान्यो, स्क्रिनसट चार्जशीटको हिस्स

मिडियामा च्याट लिक भएपछि सहायक प्रहरी आयुक्त सचिन वजेले उक्त च्याट हाइकोर्टमा दाखिल गरिएको सप्लीमेन्टरी चार्जशीटको हिस्सा भएको स्वीकार गरेको छ । तर यो मिडियासम्म कसरी पुग्यो भन्ने उनीसँग जानकारी छैन ।

प्रतीक सिन्हाले शेयर गरेको अर्नब र बार्कका पूर्व सिइओ बीच भएको च्याटको स्क्रिनसटमा अर्नबले स्ट्राइक गरेर चुनाव जितिने उल्लेख गरेका छन् ।

स्क्रिनसट १ः स्ट्राइकको तीन दिनअघि केही ठूलो हुने अर्नबको दाबी

प्रतीन सिन्हाले शेयर गरेको स्क्रिनसट २३ फेब्रुअरी २०१९ को हो । अर्थात् बालाकोट स्ट्राइकभन्दा तीन दिनअघिको । यसमा उनले केही ठूलो हुनेवाला बताएका छन् । जसमा दासगुप्ता सोध्छन्, के दाऊद ? जवाफमा अर्नब भन्छन्, होइन पाकिस्तान । केही ठूलो हुने वाला छ ।

दासगुप्ता सोध्छन्, के स्ट्राइक हुन लागेको हो या त्योभन्दा ठूलो । च्याटमा अर्नबले यो स्ट्राइकले जनतालाई खुसी गरिदिने दाबी गरेका छन् ।

स्क्रिनसट २ः एयर स्ट्राइकपछि अर्नबले भने अझै केही ठूलो हुनेछ

यो च्याट फेब्रुअरी २७ को हो । यसमा बार्कका सिइओले हिजो भएको एयर स्ट्राइक, तिमीले भनेको कुरा या फेरि केही हुनेवाला छ । जवाफमा अर्नबले फेरि केही हुने वाला बताएका छन् ।

स्क्रिनसट ३ः पुलवामा हमलालाई च्यानलको ठूलो जीत बताए ।

यसमा अर्नबले हमलामा च्यानलको ठूलो जीत भएको बताएक छन् । यो च्याट २७ फेब्रुअरीको हो । यसमा अर्नबले पुलवामा हमलाको दौरानको कभरेजको बारेमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!