हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 516  पटक पढिएको

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले भारतका दिग्गज खेलाडी राहुल द्रविडको प्रशंसा गरेका छन् । पाकिस्तानका पूर्व क्रिकेटहरुले द्रविडको पाइला पछ्याउँदै युवा प्रतिभाहरुका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा अफ्रिदीले राखेका हुन् । न्युजिल्यान्डविरुद्ध पाकिस्तानले खराब प्रदर्शन गरेपछि अफ्रिकीले यस्तो अभिव्यक्ति दिएका हुन् । न्युजिल्यान्डले पाकिस्तानविरुद्धको टी–२० सिरिज २–१ ले जितेको थियो भने टेस्ट सिरिज २–० ले ह्वाइटवास गरेको थियो ।

लाहोरमा आयोजित एक कार्यक्रममा बोल्दै अफ्रिदीले भने, ‘द्रविडले नेशनल क्रिकेट एकेडेमीमा युवा प्रतिभालाई तिखार्ने शान्दार काम गरेका छन् । भारतका यु–१९ टोलीका खेलाडीहरु प्रतिभाशाली हुनुको श्रेय द्रविडलाई जान्छ किनकीले उनले ठूलो मेहिनत गरेका छन् ।’

पाकिस्तानमा प्रतिभाहरुको कमी देखिएको अफ्रिदीको बुझाई छ । देशका पूर्व क्रिकेटहरुले अगाडि बढेर युवा खेलाडीहरुलाई तिखार्ने काम गर्नुपर्ने उनले बताए । ‘हाम्रो युवा खेलाडीहरुलाई पनि मार्गदर्शनको जरुरी छ । इन्जमाम उल हक, यूनुस खान र मोहम्मद युसुफजस्ता दिग्गज क्रिकेटरहरुले यो काम गर्नसक्छन्,’ अफ्रिदीले भने ।

प्रशिक्षकसँगको विवाद पुरानै
अफ्रिदीले मोहम्मह आमिरको अन्तर्राष्ट्रिय सन्यासबारे पनि बोलेका छन् । पाकिस्तानी क्रिकेटमा बलर र प्रशिक्षकबीचको तालमेलको समस्या पुरानै रहेको उनले बताए । ‘हाम्रो समयमा पनि यस्तो हुन्थ्यों । पाकिस्तानी क्रिकेट बोर्डले यी घटनाको समाधान खोज्नुपर्छ र रिसाएका खेलाडीहरुसँग कुराकानी गर्नुपर्छ,’ उनले भने ।

पाकिस्तान क्रिकेट बोर्डले चाहेमा आमिरसँग कुराकानी गर्नसक्ने अफ्रिदीले बताए । आमिरमा अझै धेरै क्षमता बचेको र उनले लामो समयसम्म क्रिकेट खेल्नसक्ने अफ्रिदीले बताए । आमिरले गत महिना क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले पाकिस्तानी टिम व्यवस्थापनमाथि गम्भिर आरोप लगाएका थिए । पाकिस्तानका मुख्य प्रशिक्षक मिस्बाह उल हक र बलिङ प्रशिक्षक वकार युनूससँग खेल्न नचाहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!