हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 1312  पटक पढिएको

मोरङको सुनवर्षी नगरपालिकामा स्थापित भएको सुनवर्षी युवा संजालले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।सुनवर्षी नगरपालिका वडा न -९ डाईनियामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सुनवर्षिका युवा, राजनीतिकर्मी,तथा बुद्धिजीवीहरुले रगत दान गरेका हुन ।

खुल्ला रक्तदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय रंगेलिका प्रमुख अनमोल खड्काले समेत आफ्नो अमुल्य रगत दिदै यस्तो महामारिमा रगतको अभाव भईरहेको सुनवर्षी युवा संजालले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमले रगतको अभाव केही भएपनि पुर्ती गर्ने र युवाहरुको यो उर्जालाई उहाँले बिशेष धन्यवाद समेत दिनु भयो ।

रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेको सुनवर्षी युवा संजालका सचिब तथा उक्त कार्यक्रमका संयोजक सतिस कुमार दासले बताउनु भयो । युवाको साथ नगरको बिकास भन्ने मुल नाराका साथ केही महिना अगाडी मात्र स्थापना गरिएको युवा संजालले विभिन्न सहयोगका कार्यक्रम संगै रचनात्मक कार्यहरु गर्दै आईरहेको छ ।

सुनवर्षी युवा संजालले यश अघि मुटुको रोगी रहेका र आर्थिक अभावमा उपचारमा समस्या रहेका सुनवर्षी -९ डाईनियाका एक जना बिरामिलाई संजालले २१ हजार रुपैया नगद सहयोग गरेको थियो । सुनवर्षी नगरपालिकाका सम्पुर्ण युवाहरुलाई जोड्दै विभिन्न सामाजिक एवम रचनात्मक कामहरु गर्ने बेरोजगार रहेका युवाहरुलाई रोजगारको सिर्जना गर्न मद्दत हुने कार्यक्रमहरु ल्याउने ,नगरभित्र रहेको बेथिति विरुद्ध ससक्त आवाज उठाउने र भएको समस्याहरुलाई क्रमस सावधान गर्ने यश संजालको आगामी कार्यक्रम तथा योजना रहेको सुनवर्षी युवा संजालका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले बताउनु भयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!