हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 620  पटक पढिएको

भारतमा विश्वकै सबैभन्दा ठूलो खोप लगाउने कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन्् । लद्दाखमा तैनाथ भारत–तिब्बत सीमा पुलिस (आईटिबीपी) अन्तर्गतका झन्डै २० स्वास्थकर्मीहरुलाई शनिबार कोरोनाको खोप लगाइयो ।

खोप अभियान सुरु भएको घोषणा गर्दै गर्दा मोदी निकै भावूक देखिएका थिए । भिडियो कन्फ्रेसिङमार्फत जनतालाई सम्बोधन गर्दै मोदीले कोरोनाविरुद्धको लडाई अवश्य जित्ने बताए । सुरुदेखि नै आत्मविश्वास र आत्मनिर्भर भएर भारतले लडाँइ लडिरहेको उनले बताए ।

खोप अभियान सुरु भएपछि केन्द्रीय स्वास्थ मन्त्री हर्षवद्र्धनले आफु निकै खुसी रहेको बताए ।
भारतमा पहिलो चरणमा तीन करोड स्वास्थकर्मीहरुलाई कोरोनाको खोप लगाइदैंछ । यति ठूलो संख्यामा एकैपटक खोप अभियान चलेकाले यसलाई विश्वकै ठूलो खोप अभियान गरिएको हो । अक्सफोर्ड–एस्ट्रेजेनेकाद्धारा विकसित तथा सेरम इन्स्टिच्युटद्धारा उत्पादीत कोविसिल्ड र भारत बायोटेकेको को–भ्याक्सिनले भारतमा आपतकालिन प्रयोगको अनुमति पाएका छन् ।

भारतमा कुल १ करोड ५४ लाखभन्दा धेरैमा कोरोनाको संक्रमण देखिइसकेको छ । पछिल्लो रिपोर्टअनुसार यसमध्ये १ करोड १ लाख ७९ हजार ७ सय १५ जना निको भइसकेका छन् । १ लाख ५२ हजार १ सय ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!