हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 652  पटक पढिएको

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । भूकम्पमा परेर एक अस्पतालसहित कैयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका ६ सयभन्दा बढी घाइते भएका जनाइएको छ । साथै १५ हजारभन्दा बढी विस्थापित भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन बोर्डले जनाएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।

सुलावेसी द्वीपको मामुजु सहरमा मात्र यस भूकम्पका कारण ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी मामुजु सहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्र माजेनेमा भूकम्पको कारण ८ जनाको मृत्यु भएको छ । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।

उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पतालका कर्मचारी गरी दसजनाभन्दा बढी जना पुरिएका अनुमान गरिएको छ ।

भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!