पेरिस सेन्ट जर्माइनका प्रशिक्षक माउर्सियो पोचेन्टिहोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । आइशोलेसनमा बसेका पोचेटिन्हो शनिबार एंगर्सविरुद्धको लिग वान म्याचमा उपस्थित नहुने क्लबले जनाएको छ ।

यस खेलमा पिएसजीको प्रशिक्षकको भूमिका सहायक प्रशिक्षकहरु जेसस पेरेज र मिगुईल डि अगस्टिनोले निर्वाह गर्नेछन् । शनिबारको खेलमा कोलिन डाग्बा, थिलो केहरर र राफिन्हा पनि उपस्थित हुनेछैनन् । उनीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । जुआन बर्नटले घुँडाको चोटका कारण खेल गुमाउँदैछन् भने गोलकिपर अलेस्यान्द्रे लिट्टिललायर जोर्नीको समस्याका कारण उपलब्ध हुनेछैनन् ।

 

पोचेटिन्होले यसै महिना क्लब सम्हालेयता पिएसजीले दुई खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । बुधबार मार्सेलीलाई २–१ ले हराउँदै पिएसजीले ‘ट्रफी देस च्याम्पियन्स’ जितेको थियो । पोचेटिन्होको नेतृत्वमा पिएसजीले जितेको यो पहिलो उपाधि हो । फ्रेन्च लिगमा पिएसजी दोस्रो स्थानमा छ । १९ खेलको समाप्तीमा पिएसजीले ३९ अंक जोडेको छ भने शीर्ष स्थानको लायोनको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!