हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 794  पटक पढिएको

कप्तान जोइ रुटले दोहोरा शतक लगाएपछि श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा इंग्ल्याण्डले दुई सय ८६ रनको महत्वपूर्ण बढ्त लिएको छ । पहिलो पारीमा इंग्ल्याण्डले ४२१ रनको ठूलो योगफल तयार गरेको छ ।

श्रीलङ्काले पहिलो पारीमा तयार गरेको १३५ रनको जवाबमा शुक्रबार पहिलो पारीको सुरुवात गरेको इंग्ल्याण्डले ४२१ रनको ठूलो योगफल तयार गर्न सफल भयो । १७ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले संयमित पारी खेल्दै जोनी बैरिष्टो, डन लौरेन्ससँग अलग अलग शतकीय पारीको साझेदारी गर्नुभयो ।

वैरिष्टोले ४७ तथा लौरेन्सले ७३ रनको योगदान दिए । बटलर ३० रन बनाएर पेभेलियन फर्किनुभयो । श्रीलङ्काका लागि दिलरुवान परेराले सर्वाधिक चार तथा लासिथ इम्बुलदेनियाँले तीन र असिथा फर्नान्डोले दुई विकेट लिए ।

यसअघि गलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले आफ्नो पहिलो पारीमा १३५ रनको झिनो योगफलमा समेटिन पुग्यो । उसको पारीमा कप्तान दिनेश चन्दीमालले बनाएको २८ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कुशल परेराले २० तथा दसुन सनाकाले २३ रनको योगदान दिनुभयो । इंग्ल्याण्डका लागि डम बेस्स एक्लैले पाँच तथा स्टुअर्ट ब्रोडले तीन तथा ज्याक लिचले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!