हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 600  पटक पढिएको

इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व फरवार्ड वायन रुनी च्याम्पियनसिप क्लब डर्बी काउन्टीको म्यानेजर नियुक्त भएका छन् । डर्बीले शुक्रबार रुनीलाई क्लबको म्यानेजरको रुपमा साढे दुई वर्षको लागि नियुक्त गरेको हो ।

गत नोभेम्बरमा फिलिप कोकुलाई क्लबले बर्खास्त गरेपछि रुनी अन्तरिम म्यानेजरको रुपमा थिए । साथै उनी खेलाडीको भूमिकामा थिए । डर्बीको प्रशिक्षक बनेपछि रुनीले अब आधिकारिक रुपमै खेलाडी जीवनबाट सन्यास लिएका छन् ।

रुनी सन् २०२० जनवरीमा खेलाडीको रुपमा डर्बीमा आबद्ध भएका थिए । रुनीले नयाँ भूमिकापछि डर्बी काउन्टी आफ्नो लागि सुहाउँदा ठाउँ रहेको बताए । ‘ब्रायन क्लोघ, जिम स्मिथ, फ्रांक लाम्पार्ड र फिलिप कोकुलाई फलो गर्ने अवसर पाउनु सम्मान हो’ रुनीले भने ।

यस्तै लिएम रोसेनियोर डर्बीको असिस्टेन्ट म्यानजेरको भूमिकामा रहनेछन् । यस्तै इंग्ल्याण्डका पूर्व प्रशिक्षक स्टिभ म्याकलरेनले टेक्लनिकल डिरेक्टरको रुपमा निरन्तरता दिनेछन् भने बवर्ड अफ डिरेक्टर्सको सल्लाहकारको रुपमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!