विराटनगर,

विराटनगर जेसीजको साताव्यापी कार्यक्रमअन्तर्गत शनिबार भएको पहिलो कार्यक्रममा पर्यटन वर्ष २०२० का कार्यक्रम संयोजक जेसी देवचन्द्र घिमिरे उत्कृष्ट कार्यक्रम संयोजकसहित निवा अवार्डद्वारा सम्मानित भए ।

विराटनगर घर भएका र समाजमा ख्यातिप्राप्त युवालाई बर्सेनि गरिँदै आएको जेसीज सम्मानद्वारा सिनेजगतबाट कलाकार दीपाश्री निरौला सम्मानित भइन् । युवा उद्योगीको तर्फबाट प्रकाश मुन्दडा तथा सङ्गीत क्षेत्रबाट स्मृति ब्याण्डलाई सम्मान गरिएको हो ।

सो कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, निवर्तमान अध्यक्ष श्रीधर बस्याल, पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी, कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, अमिष ढकाल, रबिन पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो ।

गिनिज बुक वल्र्ड रेकर्डस् सौगात बिष्ट, गायक सुमित खड्का, सिद्धार्थ शाहलगायतले कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!