डोनाल्ड ट्रम्पको कार्यकाल सकिन केवल ५ दिन बाँकी छ । तर चीनप्रति उनको कडाई जारी नै छ । बिहीबार राति ट्रम्पले एक आदेश जारी गर्दै चीनका ९ कम्पनीहरुमाथि प्रतिबन्ध लगाइदिए ।

यस प्रतिबन्धको अर्थ यी ९ वटा कम्पनीमा अब अमेरिकी नागरिक वा अमेरिकी कम्पनीले कुनै प्रकारको लगानी गर्न पाउनेछैनन् । अमेरिकी अधिकारीहरुले चिनियाँ कम्पनीमा सिधा रुपमा सेना जोडिएको आरोप पनि लगाएका छन् । यी कम्पनीहरुले चिनियाँ सेनालाई आर्थिक र प्राविधिक रुपमा सहयोग पुु¥याइरहेको उनीहरुको दाबी छ ।

बाइडेन चुप

पाँच दिनपछि राष्ट्रपति पद छाड्न लागेका ट्रम्पले दिएको यस्तो आदेशबारे नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कुनै टिप्पणी गरेका छैनन् । ९ चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लाग्नुुको अर्थ अब यी कम्पनीहरुमा अमेरिकी नागरिक वा कम्पनीहरुले लगानी गर्न पाउने छैनन् । त्यसैले अब यी कम्पनीहरुले आफ्नै दममा अमेरिकामा व्यापार गर्नुपर्नेछ । यी कम्पनीहरुले नै अमेरिकाबाट युरोपमा पनि व्यापार गर्दै आएका छन् । अमेरिकाले चिनियाँ कम्पनीहरुलाई कुनै सहुलियत नदिनका लागि युरोपलाई यसअघि नै दबाब सिर्जना गरिरहेको थियो ।

मोबाइल र इलेक्ट्रोनिक ग्याजेट बनाउने शाओमी तथा तेल कम्पनी सीएनओओसीमाथि प्रतिबन्धको असर सबैभन्दा धेरै पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ । अमेरिकी प्रतिबन्धसँग विश्वका केही देशमा पनि यी कम्पनीहरुका लागि व्यापारको ढोका खुल्नेछ । अमेरिकी रक्षा विभाग पेन्टागन यसअघि नै यी ९ कम्पनीहरुमाथि कडा रुपमा प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!