हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 598  पटक पढिएको

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन्।

दुई छोरीसँग सीता बिहीबार नेपाल फर्केकी हुन्। प्रचण्डसहित उनी गत पुस २० गते मुम्बई गएकी थिइन्। प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि स्वदेश फर्केकी छन्।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट सीता पीडित छिन्। यसअघि उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय मुम्बई जानुअघि पनि सीताको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।

स्रोतका अनुसार विशेषगरी छोरा प्रकाश गुमाएपछि तनाव र निन्द्रा नलाग्ने समस्याबाट गुज्रिएकी उनी विशेषज्ञ चिकित्सकको परामर्श समेतको खोजी गर्दै दिल्ली पुगेकी थिइन्। उनी विशेषज्ञको परामर्श र उपचार पछि नेपाल फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!