सोमबार, माघ १३, २०७६ || 802  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१३ माघ: आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । सोमबार दिउँसो देशको पश्चिमी भु(भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ। यसैगरी राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!