हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 533  पटक पढिएको

६ जनवरीमा अमेरिकी संसदमा ट्रम्प समर्थकको हमलाको एउटा तस्बिर सबैभन्दा बढी सोसल मिडियामा भाइरल भयो ।

तस्बिरमा एक व्यक्तिलाई अमेरिकी संसदमा कन्फिडरेटेड फ्ल्याग (दक्षिण संघीय झण्डा) लिएको देखिएको थियो ।

अब एफबीआईका अनुसार ती व्यक्तिको पहिचान गरेर उनलाई पक्राउ गरिएको छ ।

अमेरिकी मिडिया अनुसार उनलाई बिहिबार डेलावेयरबाट पक्राउ गरिएको छ ।

उनको नाम केविन सिफ्राइड बताइएको छ र उनलाई बिहिबार अपरान्हपछि अदालतमा पेश गरिनेछ ।

जोसेफ एडलमम्यानले यसबारे ट्वीट गर्दै लेखेका थिए, ‘कन्फिडरेट फ्ल्याग अमेरिकी संसद भवनमा घुसेको छ जुन गृहयुद्धका बेला पनि हुन सकेको थिएन ।’

कन्फिडरेट फ्ल्याग यसकारण विवादित छ किनभने यसको सम्बन्ध अमेरिकामा सन् १८६१ देखि सन् १८६५ सम्म चलेको गृहयुद्धसँग छ ।

त्यतिबेला यसलाई अमेरिकी संघसँग लड्ने दक्षिणका सात राज्यको प्रतिकको रुपमा हेरिएको थियो ।

यो झण्डालाई गोराको प्रधानता र काला व्यक्तिहरुको सामाजिक एवं राजनैतिक बहिष्कारको प्रतिक पनि मानिन्छ ।

यद्यपि, यो झण्डा गृहयुद्धका बेला सार्वजनिक भएको थियो तर २० औं शताब्दिमा यो एउटा शक्तिशाली राजनैतिक प्रतिकको रुपमा उदय भएको थियो ।

गोराको प्रधानताको वकालत गर्ने चरमपन्थी संगठन कु कलक्स क्लेनले पनि यो झण्डाको खुबै प्रयोग गरेका थिए ।

२० औं शताब्दिमा नागरिक आन्दोलनका बेला पनि यो झण्डा प्रयोग गरिएको थियो ।

हालै सन् २०१५ मा २१ वर्षका एक गोरा नौजवानले साउथ क्यारोलाइनाको चार्ल्सटनमा रहेको एक चर्चमा गोलीबारी गरेर ९ अश्वेतको हत्या गरेका थिए ।

ती व्यक्तिले दक्षिणी संघीय झण्डा लिएको एक तस्बिर निकै भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!