हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 1184  पटक पढिएको

माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले बिहीबार कृष्ण कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै ४ वैकल्पिक खेलाडी पनि घोषणा गरिएको छ ।

टिमका अन्य खेलाडीमा सौरभ खनाल, विक्रम भुसाल, अनिल खरेल, सन्दीप सुनार, सन्दीप रजाली, राजविर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल, दिपेन्द्र रावत र अमित तामाङ छन् ।
यस्तै वैकल्पिकमा विशालविक्रम केसी, तुलाराम थापा, नरेश सार्की र नितेश थापा छन् । कैलाश रोक्का मगर संयोजक रहेको छनोट समितिले टिम छनोट गरेको हो । माघ २ देखि १७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित कूल १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुनेछ । खेल टीयू मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!