सोमबार, माघ १३, २०७६ || 851  पटक पढिएको

हिपमत डटकम
कैलाली,१३ माघ:गत राती वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालीका वडा नं. ३ को मिलन चोकबाट जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर १० बाट नेपाली काँग्रेसबाट वडा अध्यक्ष चुनिएका रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट २२ लाख ८२ हजार नगद पनि बरामद गरेको बताए ।

पक्राउ पर्ने निम्न रहेका छन् :

१.जिल्ला कैलाली गोदावरी न.पा.१० बस्ने बर्ष २८ को रबिन्द्र शाही

२.जि.कन्चनपुर भि.न.पा. ३ बस्ने बर्ष ३४ को धिरेन्द्र चन्द

३.जिल्ला कन्चनपुर वेलौरी न.पा. १ बस्ने बर्ष ३४ को भुवन कुवर

४.जिल्ला कैलाली धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३८ को तिलक अधिकारी

५.ऐ.ऐ.१३ बस्ने बर्ष ३४ को रमेश खड्का

६.ऐ.ऐ. ४ बस्ने बर्ष ३५ को खेम राज भट्ट

७.ऐ.ऐ.२ बस्ने बर्ष ४१ को जनक दौल्याल

८.ऐ. गोदावरी न.पा. १०बस्ने बर्ष २८ को सन्देष तामाङ्

९.ऐ. गोदावरी न.पा. ३ बस्ने बर्ष ३८ को मोहन खड्का

१०.जिल्ला बैतडी दशरथ चन्द न.पा. ८ बस्ने बर्ष ३१ को अमित गुरु

११.जिल्ला बझाङ जयपृथ्बी न.पा.१० बस्ने बर्ष ३५ को प्रेम बहादुर सिंह

१२. जिल्ला बैतडी दशरथ चन्द न.पा. ४ बस्ने बर्ष ३० को सुर्य भट्ट

१३.ऐ.पुर्चौडी न.पा.८ बस्ने बर्ष ५० को कालु सिंह धामी

१४. जिल्ला कैलाली धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३७ को चन्द्र मणि अधिकारी

१५.जिल्ला दार्चुला नौगाड गा.पा. ४ बस्ने बर्ष ३३ को जय सिंह धामी

१६.ऐ.महाकाली न.पा. ४ बस्ने बर्ष ३८ को मंगल ठगुन्ना

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!