हिपमत डटकम
काठमाडौं,१३ माघ: नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गरेका थिए भने दुबै पक्षबीच मुक्का हानाहान समेत भएको थियो ।

अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि विवाद हुँदै हात हालाहाल र गमला प्रहारसम्मको अवस्था निम्तिएको हो ।

यसैबीच अनसनरत समूहमाथि आक्रमण भएको भन्दै काँग्रेस नेता अर्जुन नरसिंह केसीले विरोध गरेका छन् । अनसनस्थलमा पुगेर केसीले बूढानीलकण्ठमा नेविसंघको तदर्थ समिति गठनबारे भएको सहमतिमा आफ्नो सहमति नरहेको बताए । उनले अनसनरत समूहमाथि भएको आक्रमणको पार्टी सभापति सामु कुरा राख्ने पनि बताए ।

पार्टी कार्यालयमा ४० दिनसम्म रिले अनसन बसेका समूहले आजदेखि आमरण अनसन थालेको छ । उनीहरुले कुनैपनि हालतमा ३२ वर्ष मुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!