प्रदेश २ को राजधानी जनकपुरधाममा कामाख्या परिवार नेपालको तत्वाधानमा ‘आध्यात्मिक चेतनाको आलोकमा नेपाल र भारत’ विषयमा एक दिवसीय चिन्तन–सत्रको आयोजना गरिएको छ ।

कामाख्या परिवार नेपालका अध्यक्ष विभास लाभको सभापतित्वमा सम्पन्न यस चिन्तन–सत्रमा विहारका पूर्वविधायक डा.अच्युतानन्द सिंहले ‘भगवान राम र भगवती सीताद्वारा स्थापित नेपाल–भारत सम्बन्ध सुदृढ र अखण्ड छ । आध्यात्मिक दर्शनको विकासमा नेपालको योगदान अविस्मरणीय छ,’ भन्नुभयो । यी दुबै देशका आध्यात्मिक मूल्यले मात्र विश्व–मानवताको मंगल हुनसक्छ डा. सिंहले अभिव्यक्त गर्नुभयो ।
कार्यक्रममा कामाख्या परिवार नेपालका अभिभावक संस्कृतिविद डा. राजेन्द्र प्रसाद विमलले विज्ञान र प्रविधिका प्राप्तिहरुको भौतिक जीवनमा प्रयोग आध्यात्मिक मूल्यद्वारा निर्देशित नभए विश्वको विनाश अवश्यम्भावी रहेको बताउनु भयो । उहाँले प्रागैतिहासिक काल देखि नै मिथिला क्षेत्र, जनकपुरधाम र नेपलाको आध्यात्मिक चेतना तथा नेपाल भारतको सम्बन्ध बारे चर्चा गर्नुभयो । डा.विमलले भारतीय प्रधानमन्त्री सम्मानिय नरेन्द्र मोदीद्वारा प्रस्तावित रामायण सर्किटको निर्माणले दुबै देशको सम्बन्ध अझै सुदृढ हुने कुरामा विश्वास गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष विभास लाभले नेपाल र भारतको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सहितका सम्बन्धबारे व्यापक चर्चा गर्नुभयो । अध्याक्ष लाभले विज्ञान–प्रविधि लागायत अन्य सबै संभव आयाममा दुबै देशले सहकार्य गरी संग संगै हिड्यौ भने जनक र बुद्धका यी देश विश्वगुरु हुन सक्ने ठोकुवा गर्नुभयो । सो कार्यक्रममा संस्कृतका विद्वान पंडित महेश झाले मंगलमन्त्रोच्चारण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाकी सचिव लालिता लाभ सहित डा.रुपक कुमार, डा. गौरव मालाकार, डा. करुणायन, अधिवक्ता स्नेहा सिंह, प्रो. नेहाकुमारी, ई. रवीशंकर, डा. विपिन कुमार सिंह, राजु श्रीवास्तव, हिरा अधिकारी, प्रतिमा मंडल, राजु यादव, अभिलाष मिश्रा, विनोद साह, विरु झा, विजाय कामती, निरज यादव, संजित यादव, दिपक साह, दिपक सिंह, पत्रकार निरंजन साह, नम्रता झा, सिद्धी पटेल, क्रान्ति उपाध्यया सहितको उपस्थिती थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!