हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 790  पटक पढिएको

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ३२ वर्ष पुरानो फोटो शेयर गरेका छन् । यस फोटोमा उनी खैरो रंगको स्वेटर लगाएर क्यामेरा अगाडि मुस्कुराईरहेको अवस्थामा देखिन्छन् । सामाजिक सञ्जालमा यो फोटो भाइरल भएको छ । केही घण्टाभित्रै १ लाख २० हजारभन्दा धेरैले यस फोटोमा लाइक गरिसकेका छन् ।

‘हाम्रा ह्यान्डसम प्रधानमन्त्री, तिमीलाई धेरै माया छ,’ एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् । ‘तिमी निकै राम्रा नेता हौं, म तिमीलाई मन पराउँछु’ अर्का समर्थकले लेखेका छन् । राजनीतिमा आउनुअघि इमरान खानको परिचय सफल क्रिकेटरका रुपमा थियो । उनी क्रिकेट इतिहासकै उत्कृष्ट अलराउन्डरहरुको सूचीमा पर्छन् ।

उनले १९९२ को विश्वकप क्रिकेटमा उपाधि जित्ने पाकिस्तानी टिमको कप्तानी गरेका थिए । पाकिस्तानका लागि उनले ८८ टेस्ट खेलमा ३८ सय ०७ रन, १ सय ७५ एकदिवसीय खेलमा ३ हजार ७ सय ९ रन स्कोर गरेका छन् । खानले बेलायतमा ५ वर्षसम्म वर्सिस्टस्राइनबाट काउन्टी क्रिकेट खेलेका थिए । विद्यार्थी जीवनमा उनी अक्सफोर्ड विश्वविद्यालयको टोलीका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!