हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 654  पटक पढिएको

सामाजिक प्लेटफर्म स्न्यापच्याटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएको छ।

सिएनएन बिजिनेसका अनुसार बुधबार स्न्यापच्याटले ट्रम्पको अकाउन्ट स्थायी रुपमा हटाउने घाेषणा गरेको हो।

गत हप्ता ट्रम्पले अमेरिकाको क्यापिटलमा आक्रमण गर्ने ट्रम्प समर्थकको भीडलाई उक्साएपछि स्न्यापच्याटले उनको अकाउन्ट निलम्बन गरेको थियो।
तर, अब भने यो कार्य स्थायी रुपमै अगाडि बढाउने कम्पनीले बताएको छ।

‘हामीले स्न्यापच्याट समुदायको लागि दीर्घकालीन कार्य के हो भनेर जाँच्दै आएका छौँ,’ स्न्यापच्याटका प्रवक्ताले भने, ‘त्यसैले सार्वजनिक सुरक्षाको हितमा, तथा गलत सूचना फैलाउने, हिंसालाई बढावा दिएर हाम्रो दिशानिर्देशन उल्लंघन गरेको कारण ट्रम्पको अकाउन्ट हटाउने निर्णय लिएका हौँ।’

अमेरिकी क्यापिटलमा भएको हिंसाको विरोधमा र अर्को हप्ता हुन लागेको जो बाइडेनको राष्ट्रपति उद्घाटन अगाडि नै सामाजिक सञ्जाल कम्पनीहरुले नराम्रा सामग्री र त्यस्ता पोस्ट गरिरहने अकाउन्ट हटाउन लागि परेको सिएनएन बिजिनेसको भनाइ छ।

गत हप्ता मात्रै फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्ट हटाएको थियो। युटुबले पनि ट्रम्पको अकाउन्ट एक हप्ताको लागि प्रतिबन्ध लगाएको छ।News source:-( Seto Pati)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!