सोमबार, माघ १३, २०७६ || 974  पटक पढिएको

हिपमत डटकम
सिराहा,१३ माघ:सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!