अमेरिकाको तल्लो सदनबाट ऐतिहासिक रुपमा दोस्रोपटक महाभियोग प्रस्ताव पारित भएपछि ट्रम्पले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले गत साता संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण समेत भने ।
जबकी, गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए । हुलदंगाका क्रममा ५ जना मारिएपछि अहिले यही विषयलाई लिएर अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ । तर, ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्टबाट पोस्ट गरिएको नयाँ भिडियोमा उनले शान्त रहनका लागि अपिल गरेका छन् । सबै अमेरिकीहरु एक भएर अघि बढ्नुपर्ने धारणा उनले राखेका छन् ।

‘मेरा वास्तविक समर्थकहरुले कहिल्यै राजनीतिक हिंसालाई मलजल गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै कानूनको अवज्ञा वा अमेरिकी झन्डाको असम्मान गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै अन्य अमेरिकीहरुलाई चिन्तित बनाउने वा धम्की दिने गर्दैनन्,’ ट्रम्पले भने ।

जनवरी ६ मा संसद् भवनमा आक्रमण गर्न आएकाहरुले राजनीतिक वृत्तमा दशौं लाख अमेरिकीहरुलाई आक्रोशित बनाएको उनले बताए । यस आक्रमणमा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउने काम हुने उनले बताए । जो बाइडेनको सपथको समय वासिङटन डिसीमा हजारौंको संख्यामा नेशनल गार्डहरु परिचालन गरिनेतर्फ इंगित गर्दै ट्रम्पले कुनै दुर्घटनामा बिना शान्तिपूर्वक सत्ता हस्तान्तरण हुने कुराको सुनिश्चितता गरिएको बताए । तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित भएको दुई घण्टापछि यो भिडियो जारी भएपनि ट्रम्पले महाभियोगबारे केही उल्लेख भने गरेनन् ।

२० जनवरीमा ट्रम्प स्वत पदमुक्त हुनेछन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही दिन पद तथा गोपनियताको सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!