हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 553  पटक पढिएको

जर्मन महारथी बायर्न म्युनिख सन् २००४ पछि पहिलोपटक दोस्रो डिभिजनको टोलीसँग पराजित हुँदै जर्मन कपबाट बाहिरिएको छ । होल्सटिन कियलसँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुँदै साबिक विजेता टोली प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

जीतबाट सेकेन्डमात्र टाढा रहँदा हाउको वाहले स्टपेज टाइममा गोल गर्दै खेल बराबरी गरेका थिए । खेलमा दुईपटक अग्रता बनाए पनि बायर्नले हार टार्न सकेन ।

खेलको १४ औँ मिनेटमा सर्जी ग्नाब्रीले बायर्नलाई अग्रता दिलाए पनि फिन बार्टेल्सले खेल बराबरी गोल फर्काए । दोस्रो हाफमा लेरोय सानेले पुनः बायर्नलाई अग्रता दिलाए पनि खेल सकिन केही सेकेन्ड बाँकी हुँदा कियलले खेल बराबरी गरेको थियो ।

पेनाल्टी सुटआउटमा पहिलो १० पेनाल्टीलाई दुवै टोलीले गोलमा परिणत गरेको थियो । त्यसपछि कियलका गोलकिपरले बायर्नका मार्क रोटाको प्रहार रोके भने बार्टेल्सले गोल गर्दै टोलीलाई जीत दिलाए ।

१२ वर्षमा पहिलो पटक बायर्न प्रतियोगितामा सेमिफाइनलमा पुग्न असफल बनेको हो । पछिल्लोपटक बायर्न सन् २००३–०४ मा दोस्रो डिभिजनका टोली अलेमानियासँग २–१ ले पराजित भएको थियो ।

सन् १९१२ को जर्मन च्याम्पियन कियलले नयाँ फर्म्याटको बुन्डेस लिगामा भने कहिले खेलेको छैन । अहिले यो टोली दोस्रो डिभिजनको तेस्रो स्थानमा रहेको छ ।

हारसँगै बायर्नको यो सिजन पुनः ट्रेबल जित्ने सपना तुहिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!