हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 1062  पटक पढिएको

एजेन्सी । अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति सर्किसीयनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको थियो, उहाँलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो । तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा लेखिएको छ । उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपति कार्यालयले उनी यही जनवरी ५ तारिखका दिन कोरोनाभाइरसबाट सङ्मित भएको पुष्टि भएको जनाएको छ । उनी बेलायतको राजधानी लण्डन गएका बेला सङ्क्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन गएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!