हिपमत डटकम
काठमाडौं,१३ माघ: विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्ट, उनकी छोरी जियानासहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । ब्रायन्ट सवार निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन । ४१ वर्षीय ब्रायन्टले पाँच पटक एनबीएको उपाधि जितेका थिए । उनलाई यस खेलकै लेजेण्डमध्ये एक मानिन्छ । व्यावसायिक बास्केटबल करिअरमा २० वर्ष एलए लेकर्समै बिताएका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए । उनी ३४ वर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए । उनले सन् २००६ मा टोरोन्टो र्‍याप्टर्सविरुद्ध एक्लै ८१ अंक स्कोर गरेका थिए । जुन एकै खेलमा दोस्रो सर्वाधिक स्कोर हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई टेरिबल न्युज भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!