अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज अभिव्यक्ति स्वतन्त्रतामाथि जति हमला भइरहेको छ, त्यति हमला पहिले कहिल्यै नभएको बताएका छन् ।

टेक्ससमा अमेरिका र मेक्सिकोबीच बनेको पर्खाल हेर्न गएका ट्रम्पले भने, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको छ, यस्तो पहिले कहिल्यै भएको थिएन । २५ औं संशोधनले मलाई कुनै खतरा छैन तर यसले बाइडेन र बाइडेनको प्रशासनलाई नै हानी हुनेछ ।’

ट्रम्पले थपे, ‘महाभियोगको भ्रम इतिहासको सबैभन्दा ठूलो विच हन्टको हिस्सा हो । अब हाम्रो जनताको घाउमा मलहम लगाउनु हो । शान्ति र स्थिरताको समय हो ।’

उनले भने, ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानको जग नै कानूनको सम्मानमा निर्भर गर्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!