मोडलीङ क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ? यस क्षेत्रमा आउनुको कारण के हो ? कसको प्रभाव छ यस क्षेत्रमा आउनुमा ? यति सानो उमेरदेखि नै किन मोडलीङ क्षेत्रमा लाग्नुभयो ?

आयुष्माले मोडलीङ क्षेत्रमा १ वर्षदेखि काम गरिरहेकी छिन् । सानैदेखि स्टेज कार्यक्रमहरुको डान्समा भाग लिइरहेको थिएँ । त्यतिबेला सिनिएर कलाकारहरुले डान्स र अभिनय गर्न सक्ने क्षमता ममा देखेपछि मलाई उहाँहरुको हौसला र मोडलीङमा अफर गरेपछि यसक्षेत्रमा लागेको थिएँ । मेरो सानै उमेर भएपनि घर परिवारको सहयोग र ठूला कलाकारहरुको साथ पाएपछि यस क्षेत्रमा प्रवेश गरेँ । यतिबेला मोडलिङ र पढाईलाई सँगसँगै अगाडी बढाइरहेको छु ।

अहिलेसम्म कति गीतमा मोडलीङ गर्नुभयो ? कस्ता खालका गितमा गर्नुभएको छ ?

अहिलेसम्म डान्स गीत र आधुनिक गीत गरी ७–८ ओटामा मोडलिङ गरेको छु । अब लोकदोहोरीमा पनि गर्ने सोचमा छु ।

तपाईलाई बजारमा फुच्ची, सेक्सी र राम्री मोडल भन्छन् नि मान्छेहरु ?

हो मलाई सबैले फुच्ची, सेक्सी नै भन्छन् । किनकी मेरो क्यामेरा फेस अलि बच्चाको जस्तो छ । सायद त्यहि भएर पनि फुच्ची भनेको होलान । सेक्सी भन्नुको कारण दर्शकलाई नै सोध्नुपर्ला । उहाँहरुको हेर्ने नजरमा भरपर्छ ।

अहिले मोडलीङसँगै अन्य के काम गर्दै आउनुभएको छ ?

मोडलीङसँगै सिरिएल र स्टेज कार्यक्रमहरुमा पनि व्यस्त छु । अध्ययनलाई निरन्तरता दिँदै आएको छु ।

काभ्रेको बनेपामा जन्मिएर एसईई उत्तिणपछि आयुषमा ढकाल मोडलीङ क्षेत्रमा काठमाडौं प्रवेश गरेकी थिइन । अहिले काठमाडौं बसेर आयुष्माले म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी छिन् ।

मोडलीङ हुँदै फिल्मी क्षेत्रमा जाने योजना छैन तपाईको ?

मेरो चाहना भनकै गितहरुमा मोडलीङ गर्दै पछि फिल्मी क्षेत्रमा लागेर नायिका बन्ने रहर छ ।

आयुष्मा ढकाल भनेर चिनाउने गीत कुन हो ?

आयुषमा ढकाल भनेर चिनाउने गीत अविनास ठकुरी र मेलिना राइको स्वर रहेको गीत “खुलम खुला मायाँ लाउँ” भन्ने हो ।

तपाईलाई मनपर्ने गायक–गायीका र नायक–नायीकामा को को हुनुहुन्छ ?

गयकमा प्रमोद खरेल र गायिकामा मेलिना राई नै हो । नायकमा आकास श्रेष्ठ, नायिकाहरुमा केकी अधिकारी, साम्राज्ञी मनपर्छ ।

तपाईलाई मनपर्ने ड्रेसअप कुन हो ? दर्शकले कस्ता पहिरन मन पराउँछन् तपाईको ?

मलाई साधारण ड्रेसअप जस्तै कुर्ता सुरुवाल र लामो लामो गाउन मनपर्छ । तर कथाले मागेमा मात्र ओभर ड्रेस लगाउँछु । बाहिँर हिँड्दा सामान्य ड्रेसमा हिँड्न मनपर्छ । दर्शकले मलाई मेरो बडिमा म्याच गर्ने जुनसुकै टाइपको ड्रेस लगाउँदा पनि मन पराउनु हुन्छ ।

यति धेरै राम्री हुनुहुन्छ ? मन पराउनेहरु पनि धेरै होलान नि अब बिहे चाँहि कहिले गर्नुहुन्छ नि ?

अहँ मलाई मन पराउनेहरु धेरै जना हुनुहुन्छ । प्रपोजपनि धेरै जनाले गरिसक्नु भएको छ । तर म अहिले आफ्नो क्यारिअरमा फोकस दिनुपर्ने भएकाले लभसपमा खासै चासो दिन्न । सबैलाई समान व्यवहार गर्छु । बिहे भनेको आफ्नो क्यारिअर सक्सेस भएपछि मात्र गर्ने प्लानमा छु ।



प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!