हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 685  पटक पढिएको

एजेन्सी । आर्सनल छाडेपनि फुटबलबाट सन्यास लिने कुनै मनसाय नरहेको मेसूट ओजिलले जनाएका छन् । जर्मन स्टार ओजिलले गत मार्चदेखि आर्सनलबाट खेल्न पाएका छैनन् । आफु फिट रहेको र छनोटका लागि उपलब्ध रहेको बताइरहे पनि उनलाई प्रशिक्षक मिकेल अर्टेटाले टोलीका राखेका छैनन् ।

त्यसैले ओजिलले कहिले आर्सनल छाड्छन् भन्ने प्रश्न अहिले पेचिलो बनेको छ । उनले यहि महिना वा सिजनको अन्त्यमा क्लब छाड्नसक्ने अनुमान गरिएको छ । यस्तोमा क्लब छाडेपनि सक्रिय फुटबल जीवनबाट सन्यास नलिने ओजिलले बताएका छन् ।

सन्यास लिनुअघि टर्की वा अमेरिकामध्ये एक देशबाट फुटबल खेल्न चाहेको उनले बताएका छन् । त्यस्तै टर्कीमा फेनरवाचेबाहेक अन्य क्लबबाट खेल्न नसक्ने पनि उनले बताएका छन् । यसअघि फेनरवाचेले ओजिललाई भित्र्याउने पक्का भइसकेको र जनवरीमा उनको सरुवा हुने दाबीसहितका समाचार पनि सार्वजनिक भएका थिए ।

यद्यपि, यसबारे केही पुष्टि भइसकेको भने छैन । तर ओजिलले फेनरवेचप्रति पटक–पटक सम्मान भने दर्शाउँदै आएका छन् । ‘म जर्मनीमा हुर्कदैं गर्दा फेचरवेचको फ्यान भएर हुर्किएँ । टर्किस मुलका जर्मनहरु जर्मनीमा हुँर्कदै गर्दा टर्किस् टिमकै समर्थन गर्छन् र मैले फेनरवेचको गरें’ केही समयअघि ओजिलले भनेका थिए, ‘स्पेनमा रियल म्याड्रिडजस्तै फेनरवेच टर्कीको सबैभन्दा ठूलो क्लब हो ।’

३२ वर्षीय ओजिलले साल्के फोरबाट करियर सूरु गरेका थिए । सन् २००८ मा ब्रेडर ब्रेमनमा आबद्ध भएपछि उनको करियरले नयाँ उचाई लियो । यी युवा मिडफिल्डरले तत्कालिन समय ७१ खेलमा १३ गोल गरेका थिए । सन् २०१० को विश्वकपमा जर्मनीलाई सेमिफाइनलसम्म पुुर्याउन उनको भूमिका महत्वपूूर्ण रह्यो । यसपछि रियल म्याड्रिडले उनलाई आबद्ध गर्यो ।

तीन वर्ष रियलमा बिताउने क्रममा १ सय ५ खेलमा १९ गोल गरेका ओजिल आर्सनल आएपछि थप उत्कृष्ट देखिए । उनले आर्सनलबाट १ सय ८४ खेल खेल्दै ३३ गोल गरेका छन् । जर्मनीका लागि ९२ खेलमा २३ गोल गरेका ओजिल सन् २०१४ को विश्वकप विजेता टोलीका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!