हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 785  पटक पढिएको

‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् ।

कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक बरुण धवनसँग मिलेर नयाँ चलचित्र बनाउने तयारी गरेका थिए । तर, बरुणसँगको यो प्रोजेक्ट कोरोना महामारीका कारण पछि सरेपछि उनी कट्रिना र विजयको साथमा नयाँ चलचित्र निर्माणमा जुटेका छन् ।

नायिका कट्रिना कैफ आफू अभिनित चलचित्र ‘सूर्यवंशी’ रिलिजको प्रतिक्षामा छिन् । उनी, ‘फोन भूत’ नामक चलचित्रको छायांकनमा पनि व्यस्त छिन् । यस्तै, उनी अली अब्बास जफरको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको लागि पनि तयारी गर्दैछिन् । यसरीे हेर्दा, कट्रिनाको चलचित्र लाइनअप गज्जबको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!