हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 942  पटक पढिएको

चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ । पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ ।

यसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ । चिनियाँ सेनाले यो इलाकामा आफ्ना जवानलाई तालिम दिने गर्दछ ।

यद्यपि, मोर्चामा उसका सैनिक अहिले पनि तैनाथ छन् । साथै त्यहाँ गत वर्ष मे मा भारत र चीनबीच भड्किएको तनावपछि तैनाथ गरिएको भारी बन्दोबस्त पनि यथावत् छ । खबरका अनुसार लगभग डेढ सय किलोमिटरको यो तालिम गर्ने इलाका एलएसीको भारतीय हिस्सासँग जोडिएको छ । भारतीय सेनाले पनि चिनियाँ गरेको बन्दोबस्तलाई मध्यनजर गर्दै भारी सामान र लगभग ५० हजार सैनिकलाई तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!