यदि तपाईंलाई यस्तो पुरुषलाई मात्रै हुन्छ जस्तो लाग्छ भने हामी तपाईंलाई यसमा लिङ्गको कुनै भूमिका नहुने जानकारी दिन चाहन्छौं । महिला पनि पुरुष झैं कामुक हुन सक्छन् । यो यस कुरामा निर्भर हुन्छ कि तपाईंको सेक्स ड्राइभ कतिसम्मको छ ।

जब तपाईंको कामेच्छाको कुरा आउँछ, तब महिलामा यसको निकै उतार–चढाव देख्न सकिन्छ । किनभने महिलाको हर्मोन अत्यधिक संक्रमणबाट गुज्रन्छ । यो हरेक महिनामात्रै हुँदैन, यो मुख्य रुपमा गर्भावस्था र रजोनिवृत्तिका बेला पनि हुन्छ ।

तपाईंलाई सुन्दा अचम्म लाग्ला तर एक उच्च सेक्स ड्राइभ पनि तपाईंको भावनात्मक र मानसिक स्थितीमा निर्भर हुनसक्छ । यो तपाईंको मूड हो जुन सेक्सका लागि आग्रह गर्छ – त्यसैले यसलाई सेक्स ड्राइभ भनिन्छ ।

विशेषज्ञका अनुसार अचानक उच्च सेक्स ड्राइभ हुनु असामान्य हुँदै होइन ।

यदि यौन आग्रह क्षणिक छ भने यसको कुनै हानी छैन । तर यदि यो निरन्तर छ र यो हट्ने छाँटकाँटमा छैन भने तपाईंले आफ्नो डाक्टरसँग परामर्श लिनुपर्छ ।

भारतक स्त्री रोग विशेषज्ञ डा. शिल्पा घोषका अनुसार कुनै व्यक्तिको कामेच्छा विशेष रुपमा निम्नलिखित कारकले प्रभावित हुन्छः

१. जैविक कारक जस्तै शरीरमा एस्टोजन र टेस्टोस्टेरोनको स्तर ।

२. मनोवैज्ञानिक कारक जस्तै तनाव, चिन्ता आदि, शारीरिक सम्बन्ध जस्तै सामाजिक कारकको पनि भूमिका हुन्छ ।

कामेच्छा हरेक व्यक्तिमा भिन्न भिन्न स्तरको हुनसक्छ । कसैको सामान्य कामेच्दा दिनमा एकपटक हुनसक्छ वा कसैलाई हुँदै नहुन पनि सक्छ । एक उच्च कामेच्छा चिन्ताको विषय बन्ने गर्छ किनभने जब तपाईं आग्रह महसुस गर्नुहुन्छ भने तब यो बाध्यता बन्न सक्छ । यसलाई आउट अफ कन्ट्रोल सेक्सुअल बिहेवियर (ओसीएसबी) वा हाईपर –सेक्सुएलिटी भनिन्छ ।

तपाईंलाई हाइपरसेक्सुअल छ छैन कसरी थाहा पाउने ?

– तपाईंको सेक्सको बढ्दो इच्छाले तपाईंको स्वास्थ्य, सम्बन्ध, जीवन र नकारात्मक प्रभाव पार्ने गर्छ ।

– ध्यान वा एकाग्रतामा कमी

– तपाईं यौन इच्छाका लागि आग्रहमा अत्यधिक ध्यान दिनुहुन्छ ।

– तनाव, एक्लोपन आदि समस्याबाट बच्नका लागि यौन व्यवहारको उपयोग गर्नुहुन्छ ।

– तपाईं स्वस्थ सम्बन्ध वा अंतरंगी पल कायम राख्न कठिनाईको सामना गर्नुहुन्छ ।

उच्च कामेच्छाका कारणः

ओभ्युलेशनको क्रममा महिलामा एस्ट्रोजाको स्तरमा वृद्धि एउटा हाई सेक्स ड्राइभको सबैभन्दा सामान्य कारणमध्ये एक हो । पुरुषमा उच्च टेस्टोस्टेरोनको स्तर पनि उच्च कामेच्छासँग जोडेर हेर्ने गरिन्छ । अन्य सम्भावित कारण यस प्रकार हुनसक्छन्ः

– हर्मोनमा उतार चढाव

२. मासिक धर्म

३. मौसमी परिवर्तन

४. ओमेगा–थ्री ले भरपुर आहारको अत्यधिक सेवन

५. रक्सीको अत्यधिक सेवन

६. गर्भावस्था हर्मोन

७. अत्यधिक हस्तमैथुन गर्नु

तपाईं आफ्नो कामेच्छालाई कसरी कम गर्नुहुन्छ ?

१. तपाईं के महसुस गर्नुहुन्छ, यो आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् ।

२. केही मानिसहरु आफ्नो यौन ऊर्जालाई अन्य चिजमा समावेश गर्दा निकै राहत, खुसी र गर्व महसुस गर्छन् । लोकप्रिय गतिविधिमा लामो दुरीको दौड, नृत्य, गितार सिक्न, खाना बनाउन वा योग समावेश छन् ।

३. नियमित रुपमा हस्तमैथुन गर्नु

४. यौन सक्रिय रहनुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!