हिपमत डटकम

सोमबार, पौष २७, २०७७ || 876  पटक पढिएको

भेनेजुयलाको राजधानी सहर काराकसमा प्रहरी र आपराधिक समूहरुको बीचमा भएको झडपमा परी गत सप्ताहान्तमा २३ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यम र मानव अधिकारवादीका अनुसार प्रहरीको दुई संगठनको अप्रेसनका क्रममा २३ जनाको मृत्यु भएको हो । यद्यपि कुनै पनि प्रहरी अधिकारीको भने मृत्यु भएको छैन ।

भेनेजुयलाको सरकारलाई अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएर मानिसको हत्या गरेको आरोप लाग्दै आएको छ । भेनेजुयलाको प्रोभेया राइट्स ग्रुपका मारिनो अल्भेराले सरकारको ‘नागरिक सुरक्षा’ अपरेसनको कारण धेरै मानिसहरु पीडित बनेको बताए ।

संयुक्त राष्ट्र संघले पनि निकोलास मादुरोको सरकारले निरन्तर मानव अधिकारको उल्लंघन गर्दै आएको निष्कर्ष निकालेको छ । यद्यपि भेनेजुयलाले भने राष्ट्रसंघको रिपोर्टको नतिजा गलत भएको बताएको छ ।

भेनेजुयला सबैभन्दा धेरै हिंसात्मक घटना हुने मुलुकमध्येको एक हो । सन् २०२० मा भेनेजुयलामा एक लाख मानिसमध्ये ४५.६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!