खबर ठुलो छ

कोरोना भाइरस (कोभिड–१९) का कारण विगत एक वर्षदेखि विश्व नै आक्रान्त छ । चीनबाट सुरु भएको कोरोना अहिले विश्वका २१८ मुलुकमा फैलिसकेको छ । युरोपसहित कतिपय मुलुकमा दोस्रो चरणमा अर्को शक्तिशाली भाइरस देखिएको छ । कोरोनाका विषयमा अहिलेसम्म यथार्थ विवरण सार्वजनिक हुन सकेको छैन ।

कसरी यो भाइरस फैलियो भनेर विश्वले थाहा पाउन सकेको छैन । मात्र यति थाहा छ– सबैभन्दा पहिला चीनबाट फैलिएको हो भनेर । कोभिडले विश्वको अर्थतन्त्रलाई हल्लाइदिएको छ । आर्थिक रुपमा सम्पन्न मुलुकलाई पनि कोभिडले निकै आच्छुआच्छु बनाएको छ । अझै पनि रोकिने छाँटकाँट देखिँदैन । कतिपय मुलुकले भ्याक्सिन प्रयोगमा ल्याइसकेका छन् । यसले केही आशा जगाएको छ । मैले सुरुदेखि नै यो सामान्य रुघाखोकी हो भनिरहेको छु र सधैं भनिरहनेछु । कोरोना भनेको सामान्य रुघाखोकी नै हो ।

चिसोमा हरेक व्यक्तिलाई रुघा लाग्छ । त्यस्तै हो यो पनि । मास्क लगाउने, तातो पानी खाने, नियमित हात धुने हो भने कोरोनाले छुँदैन । यदि कोरोनाले छोइहाल्यो भने पनि आत्तिनु पर्दैन मेरो विचारमा । कडा रुघाखोकी हो कोरोना । तर, यसलाई कतिपय मुलुकले सुनियोजित रुपमा बढी प्रचार गरे । उनीहरूले चाहिनेभन्दा बढी यसको त्रास फैल्याइदिए ।
त्रास फैलाउने काममा विश्व स्वास्थ्य संगठन बढी सक्रिय भयो । जसले गर्दा आर्थिक रुपमा कमजोर भएका मुलुकहरूले यसको नियति भोगिरहेका छन् । यो कहिले रोकिन हो टुंगो छैन । ठूला र शक्ति सम्पन्न राष्ट्रहरूले कोभिडमा राजनीति गरे भन्दा अत्युक्ति नहोला ।
कोभिड सुरु भएको एक वर्ष भएको छ । तर, कोभिडका कारण ज्यान गुमाउनेभन्दा विश्वमा यो अवधिमा आत्महत्या गर्ने मानिसको संख्या बढी छ । भोकमरी र अन्य रोगले ज्यान गुमाउनेको संख्या उच्च छ । कोभिडले बढी आतंकित बनाएको छ विश्वलाई ।
म बसेको अष्ट्रियाको तिरोल (इन्स्ब्रुक) पनि नोभेम्बर १६ देखि लकडाउनमा छ । यहाँका अधिकांश व्यवसाय बन्द छन् । यो पर्यटकीय क्षेत्र हो । धेरैभन्दा धेरै रेस्टुरेन्ट छन् यहाँ । अधिकांश बन्द छन् । यहाँको सरकारले लकडाउनको अवधि थप्दै जनवरी २५ सम्म बनाएको छ ।
तर, लकडाउन अझै बढ्ने सम्भावना देखिएको छ । सुरुका दिनमा यहाँको एउटा होटलका दुईजना कर्मचारीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यतिबेला होटलका कर्मचारी र पाहुनालाई बाहिर त्यहीं थुनेर राखिएको थियो । त्यतिबेला सहरलाई नै ध्वस्त पार्ने आतंककारी सहरमा पसेको जस्तै भएको थियो । पूरै सहर त्रासमा थियो ।
कोरोना भेटिएको होटललाई पूरै सिल गरिएको थियो । रुमभित्र भएका पाहुनालाई रुमभित्रै थुनेर राखिएको थियो । कसैलाई भित्र छिर्न दिइएको थिएन । बाहिर पनि निस्कन दिइएको थिएन । तर, अहिले त्यस्तो छैन । सार्वजनिक यातायातहरू चलेका छन् लकडाउनमा पनि ।
सामान्य हिंडडुल गर्न सरकारले दिएको छ । मैले पनि यो लकडाउनलाई शक्ति आर्जनका रुपमा लिएको छु । आराम गर्ने समयका रुपमा लिएको छु । आसपासको क्षेत्रमा श्रीमती सोमत र छोरी दिवानीसँग घुम्न निस्कने गरेको छु । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने सोचेर अगाडि बढिरहेको छु ।
व्यवसायमा भनेको सधैं नाफै–नाफा हुन्छ भन्ने पनि हुँदैन ।
कहिलेकाहीं घाटा पनि हुन्छ । समयले जस्तो परिस्थिति सिर्जना गर्छ त्यससँग मुकाविला गर्दै अगाडि बढ्नु नै जिन्दगी रहेछ । तर, यतिबेला मानिसलाई कोभिडले भन्दा पनि व्यवसायमा भएको घाटा र रोजगारी गुमेको पीडाले बढी सताइरहेको छ । कोभिडले अरू नभए पनि जिन्दगीको महत्व बुझाएको छ । परिवारका साथमा रहने समय दिएको छ । नकारात्मक नजरले मात्रै सोच्नु हुँदैन । काँडामा पनि फूल देख्नुपर्छ । चिन्ता र पीर लिएर हुनेवाला केही छैन ।
व्यवसायीलाई सरकारका तर्फबाट सामान्य राहतको दिएको छ । लकडाउन भएर रोजगारी गुमाएका र व्यवसाय सञ्चालन नभएका कारण कोही भोकै पर्नुपर्ने अवस्था छैन । अहिलेसम्म सरकार एउटा जिम्मेवार अभिभावकका रुपमा प्रस्तुत भइरहेको छ । हरेक नागरिकको स्वास्थ्यप्रति यहाँको सरकार चिन्तित छ, जिम्मेवार छ । तत्कालै कोभिडको संक्रमण रोकिए पनि यसको प्रभाव र असर लामै समयसम्म रहने देखिन्छ ।
लेखक– अष्ट्रियाको इन्स्ब्रुकमा विगत दुई दशकदेखि रेष्टुरेष्ट व्यवसाय गर्दै आउनुभएको छ ।

सोमबार, पौष २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया