हिपमत डटकम
पोखरा ,१३ माघ :लक्ष्मी परियारले आफ्ना नाबालक दुई छोराहरु फूपूकोमा पठाएर आफू बेपत्ता भएकी छन् । बाग्लुङ घर भई पोखरा महानगरपालिका १७ घारीपाटन बस्दै आएकी लक्ष्मी नेपाली गत माघ १ देखी बेपत्ता भएकी हुन् । श्रीमान् दलबहादुर बैदेशीक रोजगारीको क्रममा दुबई थिए । पौषको अन्तिम दिन दुई छोराहरुलाई फूपूको घर जाने बस चढाएर म बेलुका आउँछु भनेर हिडेकी लक्ष्मी अहिले सम्म बेखबर छिन् । उनको खोजिका लागी श्रीमान् बिदेशबाट समेत आए । खोज्नुपर्ने र जानु पर्ने ठाउँ सबै तिर गईयो तर केही पत्तो नलागेको दलबहादुर बताउँछन् । प्रहरीले फोन डिटेल समेत निकालेको छ । एक नम्बरबाट बारम्बार करिब दुई सय भन्दा बढि पटक फोन सम्पर्क भएको देखिएको दलबहादुर बताउँछन् । डिटेल हेर्दा श्रीमती अर्कैसंग गएको अनुमान गरेका उनले जहाँ जस्तो अवस्थामा भए पनि थाहा मात्र दिए आफू ढुक्क भएर फेरी बिदेश जाने चाहना दलबहादुरले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!